बिस्फोटका घाइतेलाई अस्पतालमा भेटेर मोदीले भने- दोषीलाई छोड्दैनौं

२०८२ कार्तिक २६ बुधवार
सारांश
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटका घाइतेहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।

काठमाण्डौ, २६ कार्त्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटका घाइतेहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।

 

मोदीले बुधबार लोक नायक जयप्रकाश नारायण (एलएनजेपी) अस्पताल पुगेर विस्फोटका घाइतेहरुसँग भेट गर्दै यस षड्यन्त्रका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोड्ने र न्यायको कठघरामा उभ्याउने बताएका छन् ।

 

मोदी आजै भुटानबाट फर्केर सिधै अस्पताल गएका थिए । उनले घाइतेहरूसँग कुराकानी गरे र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

 

सोमबार लाल किल्ला ट्राफिक सिग्नल नजिकै एक कारमा भएको शक्तिशाली विस्फोटमा परेर १२ जनाको मृत्यु भएको थियो र २० जनाभन्दा बढी घाइते भएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार