भारतमा च्यावनप्राश विवाद: पतञ्जलिलाई ७२ घण्टा भित्र सबै प्लेटफर्मबाट विज्ञापन हटाउन आदेश

२०८२ कार्तिक २६ बुधवार
सारांश
  • विज्ञापनमा पतञ्जलिले अन्य ब्रान्डहरूलाई 'ठग' भनेको विषयमा अदालतले यस्तो आदेश दिएको हो । डाबर इन्डियाको उजुरीपछि, न्यायाधीश तेजस कारियाको इजलासले यो अन्तरिम आदेश जारी गरेको थियो ।

काठमाडौँ, २६ कार्त्तिक । पतञ्जलि आयुर्वेदको विशेष च्यावनप्राश विज्ञापन ७२ घण्टा भित्र हटाउन दिल्ली उच्च अदालतले आदेश दिएको छ । विज्ञापनमा पतञ्जलिले अन्य ब्रान्डहरूलाई 'ठग' भनेको विषयमा अदालतले यस्तो आदेश दिएको हो । डाबर इन्डियाको उजुरीपछि, न्यायाधीश तेजस कारियाको इजलासले यो अन्तरिम आदेश जारी गरेको थियो ।

 

अदालतले तुलनात्मक विज्ञापनहरूलाई अनुमति दिन सकिने बताएको छ, तर अरूलाई अपमान गर्ने वा गलत र भ्रामक बयान दिनेहरूलाई अनुमति नदिने स्पष्ट गरको छ । यो प्रतिबन्ध फेब्रुअरी २०२६ सम्म लागू रहनेछ । पतञ्जलिलाई अब टिभी, सामाजिक सञ्जाल वा छापा मिडियामा कतै पनि यो विज्ञापन देखाउन प्रतिबन्ध लगाइनेछ ।

 

पतञ्जलिले ७२ घण्टा भित्र सबै प्लेटफर्महरूबाट विज्ञापन हटाउनु वा ब्लक गर्नुपर्ने अदालतको आदेश छ । च्यवनप्राशलाई 'घोटाला' भन्ने वा यसको चिकित्सा मूल्यमाथि प्रश्न उठाउने कुनै पनि नयाँ विज्ञापन चलाउन नसकिने आदेश दिइएको छ ।

 

च्यवनप्राश बजारमा डाबर र पतञ्जलिबीच धेरै समयदेखि प्रतिष्पर्धा र तनाव चलिरहेको छ । डाबर यस खण्डमा लगभग ६० प्रतिशत हिस्साको साथ बजार लिडर ब्राण्ड हो, जबकि पतञ्जलिले हालै आफ्नै विशेष च्यवनप्राश सुरु गरेको छ । डाबरले पतञ्जलिको विज्ञापनले उनीहरूको उत्पादनलाई बदनाम गर्ने मात्र होइन तर सम्पूर्ण च्यवनप्राश वर्गलाई 'घोटाला' भनेर उनीहरूको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको जिकिर गरेको छ । उसले यो व्यावसायिक अपमानको मामला भएको बताउदै एक कम्पनीले अर्को कम्पनीलाई बदनाम गर्ने प्रयास गरेको बताएको छ ।

 

पतञ्जलिको विशेष च्यवनप्राश विज्ञापनमा 'आउनुहोस्, घोटाला खानुहोस् !' जस्ता आकर्षक वाक्यांशहरू प्रयोग गरिएको थियो । यस विज्ञापनमा, बाबा रामदेवले यसो भनिरहेको देखिन्छ, 'धेरैजसो मानिसहरू च्यवनप्राशको नाममा ठगिएका छन् ।' अदालतले यसको जाँच गर्‍यो र भन्यो कि यो अन्य उत्पादनहरूलाई नक्कली वा निम्न स्तरको रूपमा चित्रण गर्ने प्रयास थियो । डाबरको च्यवनप्राश पनि यही श्रेणीमा पर्छ, जुन अनुचित हो ।

 

अर्को सुनुवाइ फेब्रुअरी २६, २०२६ मा हुनेछ । त्यसपछि गुणहरूको आधारमा तर्क गरिनेछ, र स्थायी आदेश आउने छ । यो मुद्दाले उद्योगको लागि एक बेन्चमार्क सेट गर्न सक्ने विश्लेषण गरिएको छ । डाबरले राहत पाएको छ, तर पतञ्जलिले अपील गर्न सक्ने छुट रहेको छ । साथै बजारमा च्यवनप्राशको बिक्री प्रभावित हुनेछ, किनकि उपभोक्ताहरू अब विज्ञापनहरूको बारेमा बढी सतर्क हुनेछन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार