नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

२०८२ कार्तिक २२ शनिबार
सारांश
  • रिपोर्ट अनुसार, टर्की सरकारले शुक्रबार  नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो ।

काठमाडौँ : गाजामा नरसंहारको आरोपमा टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ ।

 

रिपोर्ट अनुसार, टर्की सरकारले शुक्रबार  नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो ।

 

इजरायलले यसको कडा विरोध गरेको छ । इजरायली विदेशमन्त्री गिदोन सारले इजरायलले यी आरोपहरूको कडा निन्दा गर्ने बताउदै सबै आरोप पूर्ण रूपमा अस्वीकार गरेको बताएको छ । उनले भने- 'यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको नयाँ जनसम्पर्क अभ्यास हो ।'

 

इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्तिमा कुल ३७ संदिग्धहरू विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको छ । यद्यपि, पूर्ण सूची जारी गरिएको छैन ।

 

यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर समावेश रहेको बताइएको छ । टर्कीले यी अधिकारीहरूलाई 'नरसंहार र मानवता विरुद्धको अपराध' गरेको आरोप लगाएको छ । टर्कीले इजरायलले गाजामा 'व्यवस्थित नरसंहार' गरेको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार