दिल्ली विमानस्थलमा प्राविधिक समास्या, सयौं उडानमा ढिलाई
२०८२ कार्तिक २१ शुक्रबार
- भारतको राष्ट्रिय राजधानी क्षेत्रको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो, जसले दैनिक १५ सयभन्दा बढी उडानहरू ह्यान्डल गर्छ ।
काठमाडौँ, २१ कार्त्तिक । भारतको दिल्ली विमानस्थलमा प्राविधिक समास्या आएको छ ।
भारतको विमानस्थल प्राधिकरणले अटोमेटिक म्यासेज स्विचिंग सिस्टममा समस्या आएको कारणले उडान हुन नसकेको जानकारी दिएको छ । यो सिस्टमलेएयर ट्राफिक कन्ट्रोलको डाटा प्रणालीलाई सहयोग गर्ने गर्दछ ।
प्राधिकरणले भनेको छ- 'एयर ट्राफिक कन्ट्रोल डेटालाई समर्थन गर्ने स्वचालित सन्देश स्विचिङ प्रणालीमा प्राविधिक समस्याका कारण दिल्ली विमानस्थलमा उडान सञ्चालनमा ढिलाइ भइरहेको छ । नियन्त्रकहरूले उडान योजनाहरू म्यानुअल रूपमा उडान गराइरहेका छन्, जसले गर्दा केही ढिलाइ भइरहेको छ । प्राविधिक टोलीहरूले प्रणालीलाई सकेसम्म चाँडो पुनर्स्थापित गर्न काम गरिरहेका छन् ।'
प्राविधिक समस्या पछि दिल्लीबाट उडान गर्ने १०० भन्दा बढी उडानहरु ढिला भएका छन् । भारतको राष्ट्रिय राजधानी क्षेत्रको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो, जसले दैनिक १५ सयभन्दा बढी उडानहरू ह्यान्डल गर्छ । यो प्राविधिक समस्याका कारण बिहीबार साँझदेखि हवाई ट्राफिक नियन्त्रकले म्यानुअल रूपमा उडानहरू गराइरहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।