गोप्यरुपमा युक्रेनको खेरसन शहर पुगिन हलिवुड अभिनेत्री एन्जेलिना जोली
२०८२ कार्तिक २१ शुक्रबार
- हलिउड अभिनेत्री तथा मानव अधिकारकर्मी एन्जेलिना जोलीले दक्षिणी युक्रेनी शहर खेरसनको अप्रत्याशित भ्रमण गरेकी छन् ।
एजेन्सी, २१ कार्त्तिक । हलिउड अभिनेत्री तथा मानव अधिकारकर्मी एन्जेलिना जोलीले दक्षिणी युक्रेनी शहर खेरसनको अप्रत्याशित भ्रमण गरेकी छन् । यो क्षेत्र हाल बारम्बार रूसी ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ । खेरसन पुगेर जोलीले बाल अस्पताल र प्रसूति वार्डमा बिरामीहरूलाई भेटेकी छन् ।
सोक्रममा एन्जेलिना जोलीले युक्रेनी बुलेटप्रुफ भेस्ट र हेलमेट लगाएर अस्पतालमा बिरामीहरू र स्वास्थ्यकर्मीहरूसँग अन्तर्क्रिया गरिरहेको सार्बजनिक तस्बीरमा देखिएको छ । एउटा तस्बिरमा, उनी एक युक्रेनी सिपाहीसँग पनि देखिएकी थिइन्, जसको पहिचान सुरक्षा कारणले गोप्य राखिएको थियो ।
युक्रेनी मिडिया रिपोर्टहरूका अनुसार, जोली स्थानीय अंगरक्षकहरूसँग थिइन् । उनको एक अंगरक्षकलाई युक्रेनी सेनाले जबरजस्ती भर्ती गरेको दाबी गरिएको छ, त्यसपछि जोली व्यक्तिगत रूपमा भर्ती कार्यालय गइन् र उनको रिहाइ सुनिश्चित गरेकी थिइन् ।
खेरसनलाई २०२२ मा रूसले छोटो समयको लागि कब्जा गरेको थियो । शहर अझै पनि दैनिक गोलाबारी र ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ । यद्यपि, एन्जेलिना जोली वा युक्रेनी सरकारले आधिकारिक रूपमा यो भ्रमणको पुष्टि गरेको छैन ।
जोलीले २०१२ देखि २०२२ सम्म संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको विशेष दूतको रूपमा काम गरेकी थिइन् । रुस-युक्रेन युद्ध सुरु भएको केही महिनापछि उनले ल्भिभमा शरणार्थीहरूसँग पनि भेट गरेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’