फिलिपिन्समा कालमेगी आँधी, अहिलेसम्म ५२ जनाको मृत्यु

२०८२ कार्तिक १९ बुधवार
सारांश
  • कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ ।

काठमाडौँ : फिलिपिन्समा कालमेगी आँधीबाट अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । शक्तिशाली आँधीका कारण लाखौं घरबारविहीन भएका छन् । हाल १३ जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

 

कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ ।

 

धेरै मानिसहरूले घरको छतमा आश्रय लिइरहेका छन् भने कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेको देखिएको छ ।

 

त्यस्तै राहत प्रयासमा सहयोग गर्ने क्रममा दुर्घटनामा परेर सैन्य हेलिकप्टरमा रहेका छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ । सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा हेलिकप्टर दुर्घटनाग्रस्त भयो । फिलिपिन्सले प्रत्येक वर्ष औसत २० आँधीको अनुभव गर्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार