सी जिनपिङले दिएको उपहारको फोनमा कोरियाली राष्ट्रपतिले भाइरस जाच्न आदेश दिएपछि...

२०८२ कार्तिक १७ सोमवार
सारांश
  • भेटघाटको क्रममा सी जिनपिङले ली र उनकी श्रीमतीलाई दुईवटा शाओमी मोबाइल फोन उपहार दिए ।

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्योङले दक्षिण कोरियाको ग्योङजुमा भेटघाट गरे । भेटघाटको क्रममा सी जिनपिङले ली र उनकी श्रीमतीलाई दुईवटा शाओमी मोबाइल फोन उपहार दिए ।
 

उपहार स्वीकार गर्दा, राष्ट्रपति म्योङले सुरक्षा कर्मचारीहरूलाई कोरियाली भाषामा भने, 'यसमा कुनै भाइरस छ कि छैन भनेर पहिले राम्ररी जाँच गर्नुहोस् ।' 
 

वास्तवमा, राष्ट्रपति लीले बिर्सए कि त्यहाँ एक स्वचालित अनुवादक जडान गरिएको छ, जसले उनले भनेका कुराहरू तुरुन्तै चिनियाँ भाषामा अनुवाद गर्नेछ ।
 

जब स्वचालित अनुवादकले यसलाई चिनियाँ भाषामा अनुवाद गरे, चिनियाँ राष्ट्रपति सी जिनपिङ हाँसे । उनले भने, 'यदि तपाईं चाहनुहुन्छ भने, यसमा ब्याकडोर छ कि छैन भनेर जाँच गर्न सक्नुहुन्छ ।'
 

ब्याकडोर भनेको सफ्टवेयर हो जसले उपकरणलाई निगरानी गर्न अनुमति दिन्छ । दुवै नेताहरू ठूलो स्वरमा हाँसे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार