अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते
२०८२ कार्तिक १७ सोमवार
- प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ ।
काठमाडौं : अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ ।
‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म त्यहाँ पाँच जनाको मृत्यु भएको छ र १४३ जना घाइते भएका छन्, जसमा धेरैजना उपचारपछि घर फर्किइसकेका छन्,’ विज्ञप्तीमा उल्लेख छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा भौतिक धनमालको क्षति पनि भएको छ, तर पूर्ण विवरण पछि सार्वजनिक गरिनेछ । भूकम्पपछि तत्काल केन्द्र तथा स्थानीय निकायसँग समन्वय गरी उद्धार तथा राहतका काम अघि बढाइएको जनाएइको छ ।
यसअघि गत सेप्टेम्बरमा अफगानिस्तानको पूर्वी प्रान्तमा गएको ६.० म्याग्निच्युडको भूकम्पमा १४०० भन्दा बढीको मृत्यु र ३,००० भन्दा बढी घाइते भएका थिए । संयुक्त राष्ट्रसंघको मानवतावादी समन्वय कार्यालयका अनुसार सो भूकम्पबाट करीब १२,००० प्रभावित भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।