मेलिसा आँधीको चपेटामा क्यारिबियन क्षेत्र, हालसम्म ३० जनाको मृत्यु
२०८२ कार्त्तिक १३ विहीवार
- मङ्गलबार जमैकामा अवतरण गरेपछि, विनाशकारी आँधी क्युबा र हैटी पुगेको छ, जसमा कम्तिमा ३० जनाको मृत्यु भएको छ र हजारौं घरबारविहीन भएका छन् ।
एजेन्सी, १३ कार्त्तिक । क्यारिबियन क्षेत्र हाल आँधी मेलिसाको चपेटामा छ । मङ्गलबार जमैकामा अवतरण गरेपछि, विनाशकारी आँधी क्युबा र हैटी पुगेको छ, जसमा कम्तिमा ३० जनाको मृत्यु भएको छ र हजारौं घरबारविहीन भएका छन् । तीव्र हावाले घरका छाना उडाएको छ भने बिजुलीका पोलहरू ढालेको छ र सयौं घरहरू डुबानमा परेका छन् ।
जमैकाको सेन्ट एलिजाबेथ क्षेत्रमा पहिरो र बाढीले सडकहरू हिलोले ढाकेका छन् । रिपोर्ट अनुसार २५ हजारभन्दा बढी मानिसहरू राहत शिविरहरूमा छन् । टापुको ७७ प्रतिशत विधुत् आपूर्ति काटिएको छ । सरकारले राहत र उद्धार कार्यमा पूर्ण रूपमा संलग्न रहेको जनाएको छ ।
त्यस्तै क्युबाको स्यान्टियागो प्रान्तमा तीव्र हावा र वर्षाले विनाश मच्चाएको छ । ७ लाख ३५ हजारभन्दा बढी मानिसहरूलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । स्थानीय मिडियाका अनुसार, धेरै अस्पताल र विद्यालयहरू क्षतिग्रस्त भएका छन् ।
त्यस्तै, हाइटी नागरिक सुरक्षा एजेन्सीका अधिकारीले धेरै दर्जन मानिसहरू अझै पनि बेपत्ता छन् । दक्षिणी तटीय शहर पेटिट-ग्वाभमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ बाढीले दर्जनौं घरहरू ध्वस्त पारेको छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारिबियन देशहरूमा राहत टोलीहरू तैनाथ गर्ने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बढ्दो मृत्युको संख्यामा चिन्ता व्यक्त गर्दै प्रहरी र उद्धार एजेन्सीहरूले मानव अधिकारको मापदण्ड अनुसार काम गर्नुपर्ने बताएका छन् ।
श्रेणी ५ को आँधीलाई सबैभन्दा खतरनाक श्रेणी मानिन्छ । संयुक्त राष्ट्रसंघले मेलिसा आँधीलाई शताब्दीको सबैभन्दा शक्तिशाली आँधीको रूपमा वर्णन गरेको छ । आँधीले पहिले हाइटी र डोमिनिकन गणराज्यमा प्रहार गरेको थियो, र अब जमैका नजिकिँदै गर्दा यो अझ खतरनाक भएको छ । आँधीले जमैकामा प्रहार गर्दा यसको प्रति घण्टा ३०० किलोमिटरसम्मको हावा र भारी वर्षा ल्याएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।