इजरायलले गाजामा भिषण आक्रमण, बालबालिका र महिलासहित १०४ जनाको मृत्यु
२०८२ कार्त्तिक १२ बुधवार
- मृत्यु हुनेहरूमा ४६ बालबालिका र २० महिला पनि रहेका छन् भने २५० जना घाइते भएका छन् । इजरायली रक्षा बलले 'दर्जनौं आतंकवादी लक्ष्य र आतंककारीहरूलाई' लक्षित गरेको दाबी गरेको छ ।
काठमाडौँ : इजरायलले गाजामा भिषण आक्रमण गरेको छ । मंगलबार राति गाजामा इजरायली आक्रमणमा लगभग १०४ प्यालेस्टिनीहरू मारिएको रिपोर्टमा बताइएको छ ।
मृत्यु हुनेहरूमा ४६ बालबालिका र २० महिला पनि रहेका छन् भने २५० जना घाइते भएका छन् । इजरायली रक्षा बलले 'दर्जनौं आतंकवादी लक्ष्य र आतंककारीहरूलाई' लक्षित गरेको दाबी गरेको छ ।
यो आक्रमणपछि इजरायली सेनाले आफ्नो आक्रमण रोकेको बताएको छ । इजरायलले हमासका ३० अड्डामा आक्रमण गरेको जानकारी दिएको छ ।
सेनाले हमासले युद्धविराम उलंघन गरेमा फेरी आक्रमण गर्ने भन्दै अहिलेका लागि आफुहरुले युद्धविरामको पालना गरेको बताएको छ । इजरायलले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा भएको युद्धविरामको पालना नगरेको बन्धकका गलत शव हस्तान्तरण गरेको र पुरै शव पनि अहिलेसम्म हस्तान्तरण नगरेको आरोप लगाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’