एप्पलको बजार पूँजीकरण पहिलो पटक ४ ट्रिलियन डलर नाघ्यो
२०८२ कार्त्तिक १२ बुधवार
- एप्पल एनभिडिया र माइक्रोसफ्ट पछि यो आँकडा पार गर्ने तेस्रो कम्पनी बनेको छ ।
काठमाडौँ । एप्पलको बजार पूँजीकरण पहिलो पटक ४ ट्रिलियन डलर नाघेको छ ।
एप्पल एनभिडिया र माइक्रोसफ्ट पछि यो आँकडा पार गर्ने तेस्रो कम्पनी बनेको छ । एनभिडिया ४.७१ ट्रिलियन डलरको बजार मूल्यको साथ विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो । त्यस्तै माइक्रोसफ्ट ४.०६ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी रहेको छ ।
अब एप्पल ४ ट्रिलियन डलरको कम्पनि बनेको छ । यो संख्या भारतको जीडीपी बराबर रहेको छ । आईएमएफका अनुसार, भारतको जीडीपी हाल ४.१३ ट्रिलियन डलर रहेको छ । एप्पलपछि गुगल समुह एल्फावेटको बजार मुल्य ३.२४ ट्रिलियन डलर रहेको छ भने अमेजनको २.४२ ट्रिलियन डलर रहेको छ ।
अक्टोबर २८ मा, एप्पलको स्टक व्यापारको क्रममा २६९.८७ डलरको सर्वकालीन उच्चतम स्तरमा पुगेको थियो, जसले कम्पनीको बजार पूँजीकरण पहिलो पटक ४ ट्रिलियन पार गर्यो । कम्पनीको स्टक हाल २६८.५१ डलरमा कारोबार भइरहेको छ ।
सेप्टेम्बर ९ मा लन्च गरिएको आईफोन १७ सिरिजका कारण एप्पलको बजार मूल्याङ्कन बढेको छ । आईफोन १७ सिरिज लन्च भएदेखि एप्पलको स्टक १५ प्रतिशतले बढेको छ । त्यतिबेला कम्पनीको स्टक २३४ डलर रहेको थियो । यस वर्षको सुरुमा, कम्पनीको स्टक ऋणात्मक थियो, तर अहिले सकारात्मक भएको छ ।
काउन्टरपोइन्ट रिसर्चको तथ्याङ्क अनुसार, अमेरिका र चीनमा आईफोन १७ को बिक्री अघिल्लो मोडेलको तुलनामा १४ प्रतिशत बढी भएको छ । रिपोर्टका अनुसार, एप्पल एआईको दौडमा अलि पछाडी रहेको छ, जसले स्टकमा दबाब दिएको छ । एप्पल इन्टेलिजेन्स सुइट र च्याटजीपीटी एकीकरण भयो, तर सिरीको एआई अपग्रेड अर्को वर्षसम्म स्थगित गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’