- डेनहोमले यदि शेयरधारकहरूले नोभेम्बर ६ मा कम्पनीको वार्षिक बैठकमा एलन मस्कको प्रस्तावित एक ट्रिलियन डलर बराबरको पारिश्रमिक योजनालाई अनुमोदन नगरेमा मस्कले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन सक्ने चेतावनी दिएका हुन् ।
काठमाडौँ : टेस्लाका बोर्ड अध्यक्ष रोबिन डेनहोमले एलन मस्कले कम्पनि छोड्न सक्ने चेतावनी दिएका छन् ।
डेनहोमले यदि शेयरधारकहरूले नोभेम्बर ६ मा कम्पनीको वार्षिक बैठकमा एलन मस्कको प्रस्तावित एक ट्रिलियन डलर बराबरको पारिश्रमिक योजनालाई अनुमोदन नगरेमा मस्कले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन सक्ने चेतावनी दिएका हुन् ।
रोयटर्सको रिपोर्ट अनुसार, लगानीकर्ताहरूलाई लेखेको पत्रमा, रोबिन डेनहोमले यो प्रदर्शन-आधारित योजना कम्तिमा अर्को साढे सात वर्षसम्म मस्कलाई टेस्लाको नेतृत्वमा राख्नको लागि डिजाइन गरिएको बताएका छन् ।
उनले मस्कको नेतृत्व कम्पनीको भविष्यको लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यदि उनलाई रहन प्रोत्साहित गर्ने प्याकेज प्राप्त भएन भने, टेस्लाले आफ्नो समय, प्रतिभा र दृष्टिकोण गुमाउन सक्ने उल्लेख गरेका छन् । उनले टेस्लाले कृत्रिम बुद्धिमत्ता (एआई) र स्वायत्त ड्राइभिङ प्रविधिमा विस्तार गर्ने लक्ष्य राखेकोले यसमा मस्कको योगदान महत्त्वपूर्ण रहेको पत्रमा उल्लेख गरेका छन् ।
रोयटर्सका अनुसार, प्रस्तावित योजना अन्तर्गत, यदि टेस्लाले ८.५ ट्रिलियन डलरको बजार मूल्य र स्वायत्त प्रणाली र रोबोटिक्समा प्रगति जस्ता प्रमुख कोसेढुङ्गाहरू प्राप्त गरेमा मस्कलाई स्टक विकल्पहरूको १२ अलग-अलग किस्ताहरू प्रदान गरिने उल्लेख छ । डेनहोमले यो योजनाले कम्पनीको सफलता र शेयरधारकहरूको फाइदाको आधारमा मस्कलाई पुरस्कृत गर्ने रहेको बताएका छन् । उनले लगानीकर्ताहरूलाई मस्कसँग लामो समयदेखि नजिकबाट काम गरेका तीन निर्देशकहरूलाई पुन: निर्वाचित गर्न पनि आग्रह गरेका छन् ।
केही शेयरधारकहरू र विज्ञहरूले टेस्लाको बोर्डको आलोचना गरेका छन् । बोर्ड मस्कबाट पूर्ण रूपमा स्वतन्त्र नभएको भन्दै आलोचना गरेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।