मेरो दौड अझै सकिएको छैन, २०२८ मा राष्ट्रपतिको उम्मेदवार हुन सक्छु- कमला ह्यारिस

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • गत वर्ष डोनाल्ड ट्रम्पसँग हारेपछि, ह्यारिस २०२८ मा राष्ट्रपति पदको लागि उम्मेदवार बन्ने बारेमा आवाज उठाइरहेकी छिन् ।

काठमाडौँ । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २०२८ मा राष्ट्रपति पदको लागि उम्मेदवार हुन सक्ने बताएकी छिन् ।

 

बिबिसीसँगको कुराकानीमा ह्यारिसले आफु एक दिन अमेरिकाको राष्ट्रपति बन्नसक्ने बताएकी हुन् । साथै उनले एक दिन एक महिला ह्वाइट हाउसमा प्रवेश गर्ने दाबी गरेकी छन् । उनले भनिन्- 'मेरो दौड अझै सकिएको छैन । म फेरि राष्ट्रपति पदको लागि उम्मेदवार हुन सक्छु ।'

 

गत वर्ष डोनाल्ड ट्रम्पसँग हारेपछि, ह्यारिस २०२८ मा राष्ट्रपति पदको लागि उम्मेदवार बन्ने बारेमा आवाज उठाइरहेकी छिन् । उनले अर्को चुनावको लागि बाहिरी डेमोक्र्याटिक उम्मेदवारको रूपमा प्रस्तुत गरिएका सर्वेक्षणहरूलाई खारेज गरेकी छन् । उनले आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पको बारेमा दिएका चेतावनीहरू अहिले सत्य साबित भएको बताएकी छन् ।

 

कमला ह्यारिस २०२४ मा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार थिइन्, तर रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबाट पराजित भइन् । त्यस समयमा, राष्ट्रपति जो बाइडेनलाई सुरुमा डेमोक्र्याटिक पार्टीको उम्मेदवारको रूपमा मनोनित गरेको थियो । यद्यपि, उमेरसङ्गै शारीरिक-मानसिक सम्बन्धित समस्याका कारण, कमला ह्यारिसलाई पार्टीको नयाँ उम्मेदवार बनाइएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार