ट्रम्पको आश्वासन- चिन्ता नगर्नुस्, वेस्ट बैंकमा इजरायलले केहि गर्ने छैन
२०८२ कार्त्तिक ०७ शुक्रवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट बैंकको बारेमा चिन्ता नलिन आग्रह गरेका छन् ।
एजेन्सी, ७ कार्त्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट बैंकको बारेमा चिन्ता नलिन आग्रह गरेका छन् । उनले इजरायललाई वेस्ट बैंकमा केहि गर्न नदिने बताउदै यसको बारेमा चिन्ता नलिन आग्रह गरेका हुन् ।
इजरायली संसदले वेस्ट बैंकका केही भागहरूमा इजरायली कानून लागू गर्ने प्रस्ताव गरेको विधेयकलाई प्रारम्भिक स्वीकृति दिएपछि ट्रम्पको यस्तो बयान आएको हो । इजरायलको यो कदमलाई वेस्ट बैंकलाई विलयतर्फको पहिलो कदमको रूपमा हेरिएको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि राष्ट्रपति ट्रम्पको अडानलाई दोहोर्याउँदै यो राजनीतिक स्टन्ट हो भने मूर्खता भएको बताएका छन् ।
त्यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्प शान्ति योजनालाई गम्भीर रूपमा क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’