पाकिस्तानमा टमाटरको मुल्य आकाशियो, किलोको ७०० सम्म

२०८२ कार्त्तिक ०४ मङ्गलवार
सारांश
  • कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेडाको मूल्य प्रति किलोग्राम ६०० देखि ७०० रुपैयाँ पुगेको छ ।

एजेन्सी, ४ कार्त्तिक। पाकिस्तानमा टमाटरको मुल्य आकाशिएको छ ।

 

पाकिस्तानका विभिन्न शहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० पाकिस्तानी रुपैयाँसम्म पुगेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति टमाटरको थोक मूल्य प्रति किलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० रुपैयाँ थियो ।

 

कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेडाको मूल्य प्रति किलोग्राम ६०० देखि ७०० रुपैयाँ पुगेको छ ।

 

व्यापारीहरू टमाटरको मूल्य बढ्नुमा अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध, वर्षा र बाढीका कारण बालीमा क्षति र बलुचिस्तानमा खेतीमा कमी जस्ता कारण रहेको बताउछन् ।

 

उनीहरूका अनुसार पञ्जाबमा आएको बाढीले अन्य तरकारीको मूल्य पनि बढाएको छ र हाल यी मूल्यहरूमा कमी आउने सम्भावना कम रहेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार