अफगानिस्तान र पाकिस्तानका अधिकारीबीच सीमा तनाव कम गर्न दोहामा वार्ता

२०८२ कार्त्तिक ०२ आइतवार
सारांश
  • पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा पाकिस्तानी प्रतिनिधि मण्डल शनिबार दोहा पुगेको हो ।

काठमाडौं :अफगानिस्तान र पाकिस्तानका वरिष्ठ सरकारी अधिकारीहरू आफ्नो साझा सीमामा बढ्दो तनाव कम गर्ने उद्देश्यले कतारको दोहामा वार्ताका लागि पुगेका छन् ।


पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा पाकिस्तानी प्रतिनिधि मण्डल शनिबार दोहा पुगेको हो । त्यस्तै, अफगान अधिकारीहरूले पनि रक्षा मन्त्री मुल्ला मोहम्मद याकूबको नेतृत्वमा उच्चस्तरीय टोली कतार प्रस्थान गरेको पुष्टि गरेका छन् ।


यो वार्ता पछिल्ला हप्ता–दिनयता अफगानिस्तान–पाकिस्तान सीमाक्षेत्रमा भएका सानातिना सशस्त्र झडपहरूका बीच भइरहेको हो । यी झडपहरूले दुबै देशबीच पुनः तनाव बढ्ने चिन्ता उत्पन्न गरेका छन् ।


यसअघि दुबै पक्षले बुधबारदेखि लागू हुने गरी ४८ घण्टे अस्थायी युद्धविराममा सहमति जनाएका थिए । तर सो युद्धविराम सहमति शुक्रबार सकिएको छ । दोहामा हुने वार्ताको उद्देश्य सो युद्धविरामलाई दीर्घकालीन शान्ति व्यवस्थामा रूपान्तरण गर्ने तयारीको रूपमा हेरिएको छ ।


हालसम्म दुबै पक्षले औपचारिक एजेन्डा सार्वजनिक नगरे पनि कूटनीतिक स्रोतका अनुसार वार्तामा सीमा व्यवस्थापन, सुरक्षा सहयोग र संचार संयन्त्र मजबुत पार्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ । विश्लेषकहरूले भनेका छन कि दोहामा हुने यो वार्ता दुबै देशबीचको संवेदनशील सम्बन्धमा स्थायित्व ल्याउने कि पुनः तनाव बढाउने भन्ने निर्णायक मोड बन्न सक्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार