पाकिस्तानले युद्धविराम उलंघन गरेको तालिबानको आरोप

२०८२ कार्तिक ०१ शनिवार
सारांश
  • तालिबान सरकारका एक प्रान्तीय अधिकारीले बताए:अनुसार शुक्रबार पाकिस्तानले पक्तिका प्रान्तको अर्घुन जिल्लामा एउटा घरमा बम विस्फोट गराएको बताएका छन् । आक्रमणमा केही सर्वसाधारणको मृत्यु भएको र केही घाइते भएको बताएको छ ।

काठमाडौँ  :तालिबान अधिकारीहरूले पाकिस्तानले आफ्नो सीमावर्ती प्रान्त पक्तिकामा बम विस्फोट गराएको र युद्धविरामको उल्लंघन गरेको दाबी गरेका छन् ।

 

तालिबान सरकारका एक प्रान्तीय अधिकारीले बताए:अनुसार शुक्रबार पाकिस्तानले पक्तिका प्रान्तको अर्घुन जिल्लामा एउटा घरमा बम विस्फोट गराएको बताएका छन् । आक्रमणमा केही सर्वसाधारणको मृत्यु भएको र केही घाइते भएको बताएको छ ।

 

मिडिया रिपोर्टका अनुसार पाकिस्तानले अफगानिस्तानको सीमावर्ती पक्तिका प्रान्तमा कारबाही सुरु गरेको छ । पाकिस्तानले युद्धविरामको उल्लंघन गरेको आरोप लागाउदै तीन स्थानमा बम विस्फोट गराएको र अफगानिस्तानले जवाफ दिने तालिबानी अधिकारीले बताएका छन् । युद्धविराम उल्लङ्घन वा अफगानिस्तानमा भएको कुनै पनि आक्रमणको बारेमा पाकिस्तानबाट कुनै बयान आएको छैन ।

 

यसअघि, तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तान र अफगानिस्तान बीचको युद्धविरामको पुष्टि गरेका थिए । धेरै झडपहरू पछि बुधबार पाकिस्तान र अफगानिस्तान ४८ घण्टाको युद्धविराममा सहमत भए। कतारको मध्यस्थतामा दोहामा वार्ता भइरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार