- ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भारतले रुसबाट तेल किनेकोमा आफु खुसी नभएको बताउदै मोदीले रुसबाट तेल नकिन्ने आश्वासन दिएको दाबि गरेका हुन् । ट्रम्पले भनेका छन्- भारतले रुसबाट तेल किनेकोमा म खुशी थिइनँ, तर आज उहाँले (प्रधानमन्त्री मोदी) मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभयो ।
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रुसबाट तेल नकिन्ने दाबी गरेका छन् ।
ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भारतले रुसबाट तेल किनेकोमा आफु खुसी नभएको बताउदै मोदीले रुसबाट तेल नकिन्ने आश्वासन दिएको दाबि गरेका हुन् । ट्रम्पले भनेका छन्- भारतले रुसबाट तेल किनेकोमा म खुशी थिइनँ, तर आज उहाँले (प्रधानमन्त्री मोदी) मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभयो । अब हामीले चीनलाई पनि त्यस्तै गर्न लगाउनुपर्छ ।'
अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल खरिद गर्दा भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाइसकेको छ । पहिले, यसले २५ प्रतिशत पारस्परिक कर लगाएको थियो, जसले गर्दा भारतमा कुल कर ५० प्रतिशत पुगेको छ ।
ट्रम्पको दावीको बारेमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत तेल र ग्यासको एक प्रमुख खरिदकर्ता भएको बताउदै सार्वजनिक हितको रक्षा गर्नु सधैं पहिलो प्राथमिकता रहेको बताएका छन् ।
उनले भनेका छन्- 'हाम्रा आयात नीतिहरूले यो उद्देश्य पूरा गर्छन् । ऊर्जा नीतिका दुई उद्देश्यहरू छन्: पहिलो, स्थिर मूल्य कायम राख्नु र दोस्रो, सुरक्षित आपूर्ति कायम राख्नु । यस उद्देश्यका लागि, हामी हाम्रा ऊर्जा स्रोतहरू फराकिलो बनाउँछौं र बजार अवस्था अनुसार विविधीकरण गर्छौं। संयुक्त राज्य अमेरिकाको कुरा गर्ने हो भने, हामी धेरै वर्षदेखि हाम्रो ऊर्जा खरिदहरू विस्तार गर्न प्रयासरत छौं। विगत एक दशकमा यस सन्दर्भमा स्थिर प्रगति भएको छ ।'
उनले अमेरिकी प्रशासनले भारतसँग ऊर्जा सहयोग विस्तार गर्न चासो देखाएको छ र छलफलहरू जारी रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।