हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो
२०८२ असोज ३० बिहीबार
- बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस्थित फरेन्सिक केन्द्रमा पहिचानका लागि लगिएको बताइएको छ ।
काठमाडौं : हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ ।
बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस्थित फरेन्सिक केन्द्रमा पहिचानका लागि लगिएको बताइएको छ ।
यसअघि सम्म हमासले इजरायललाई १० जना बन्धकको शव हस्तान्तरण गरिसकेको छ भने अझै १० जना बन्धकका शवहरू फिर्ता गर्न बाँकी छन् । हमासको सैन्य शाखा ‘अल–कस्साम ब्रिगेड्स’ले विज्ञप्ति जारी गर्दै ‘आफूले सम्झौताअनुसार सबै जीवित इजरायली कैदीहरू र पाउन सकिएका शवहरू हस्तान्तरण गरिसकेको’ जनाएको छ । बाँकी शव फिर्ता गर्न ‘विशेष उपकरण र व्यापक प्रयास आवश्यक पर्ने’समूहले उल्लेख गरेको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूले पनि ४५ जना प्यालेस्टिनी बन्दीहरूको शव फर्काइएको पुष्टि गरेका छन् । यसअघि मंगलबार दक्षिण गाजाको खान युनिसस्थित नासर अस्पतालले पनि ४५ वटा शव प्राप्त भएको जनाएको थियो । हालसम्म इजरायलले कुल ९० जना प्यालेस्टिनी कैदीका शवहरू फिर्ता गरेको छ ।
शव फिर्ता प्रक्रिया अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गतको एउटा महत्वपूर्ण चरण मानिएको छ । यसअघि गाजाबाट बाँकी २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गरिँदा करिब दुई हजार जना प्यालेस्टिनी कैदी र बन्दीहरू इजरायली जेलबाट रिहा भएका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चेतावनी दिँदै भनेका छन कि, ‘यदि हमासले सम्झौता उल्लङ्घन गर्छ भने मैले इजरायललाई पुनः सैन्य कारबाही सुरु गर्न अनुमति दिनेछु ।’ एक दिनअघि उनले हमासले आफैंले हतियार नछोडेमा ‘तात्कालिक र कडा रूपमा निशस्त्रीकरण गरिने’ चेतावनी दिएका थिए ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।