द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु
२०८२ असोज २६ आइतवार
- गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार विगत २४ घण्टामा ११६ शव फेला पारेका छन् । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् ।
एजेन्सी : हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् ।
गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार विगत २४ घण्टामा ११६ शव फेला पारेका छन् । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् ।
कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या ४६३ पुगेको छ, जसमध्ये १५७ बालबालिका छन् ।
हमास र इजरायल बिहीबार गाजा पट्टीमा युद्धविराम सम्झौतामा भएको छ । इजरायली सरकारले प्रस्तावलाई अनुमोदन गरेपछि शुक्रबारदेखि लागू भएको हो।
शुक्रबारदेखि २,५०,००० भन्दा बढी प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएका छन् ।
गाजामा शुक्रबार स्थानीय समय अनुसार १२ः०० बजेदेखि लागू भएको युद्धविराम योजनाको पहिलो चरणको कार्यान्वयनपछि, हमासले सोमबारदेखि इजरायली बन्धकहरूलाई रिहा गर्ने जनाएको छ ।
इजिप्टमा कैदी आदानप्रदान र सीमा नाकाहरू पुनः खोल्ने र गाजामा सहायता प्रवेश गर्ने योजना सहितको वार्तापछि युद्धविराम भएको हो।
सम्झौता अन्तर्गत, इजरायलले लडाईं रोक्ने र गाजा पट्टीबाट फिर्ता हुने अपेक्षा गरिएको छ । जबकि हमासले लगभग २,००० प्यालेस्टिनी कैदी एवम बन्धकहरूलाई रिहा गर्नेछ ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’