भेनेजुएलाकी विपक्षी नेतृ मचाडोलाई किन दिइयो नोबेल शान्ति पुरस्कार ?

२०८२ असोज २५ शनिवार
सारांश
  • उनले यसअघि २०२४ सखारोभ पुरस्कार: युरोपेली संसदले उनलाई र एडमन्डो गोन्जालेजलाई लोकतन्त्रको रक्षामा गरेको कामको लागि यो पुरस्कार प्रदान गरेको थियो ।

काठमाडौँ, २५ असोज । भेनेजुएलाकी विपक्षी नेतृ मारिया मचाडोले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी छिन् । उनले भेनेजुएलामा लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीबाट लोकतन्त्रमा शान्तिपूर्ण संक्रमण हासिल गर्न अथक संघर्ष गरेका कारण यस बर्षको नोबेल शान्ति पुरस्कार दिइएको छ ।

 

नोबेल समितिले विश्वका धेरै भागहरूमा तानाशाही बढ्दै गएको र लोकतन्त्र कमजोर हुँदै गएको समयमा मचाडो जस्ता व्यक्तिहरूको साहसले आशा प्रदान गरेको टिप्पणी गरेको छ । समितिले लोकतन्त्र दिगो शान्तिको लागि पूर्वशर्त भएको भन्दै जब शक्तिले हिंसा र डर मार्फत जनतालाई दबाउँछ, त्यस्ता साहसी व्यक्तिहरूलाई सम्मान गर्नु आवश्यक हुने बताएको छ ।

 

नोबेल समितिले मचाडोले नोबेल पुरस्कारको लागि तीनै मापदण्ड पूरा गरेको बताएको छ । उनले विपक्षीहरूलाई एकताबद्ध गरिन्, निरन्तर सैन्यीकरणको विरुद्धमा उभिइन् र लोकतन्त्रलाई समर्थन गरिन् । उनले लोकतान्त्रिक भविष्यको आशा जगाएकी छिन् जहाँ नागरिकहरूको मौलिक अधिकार सुरक्षित हुन्छ र उनीहरूको आवाज सुनिन्छ, र मानिसहरू स्वतन्त्र र शान्तिपूर्वक बाँच्न सक्छन् ।

 

नर्वेली नोबेल समितिले यसले उत्पीडनको विरुद्धमा उभिएका र स्वतन्त्रताको आशा कायम राख्ने बहादुर मानिसहरूलाई सधैं सम्मान गरेको बताएको छ । गत वर्ष, मचाडोलाई आफ्नो जीवनको लागि लुक्न बाध्य पारिएको थियो, तर उनले लाखौंलाई प्रेरणा दिँदै देशमै बस्न रोजेकी थिइन् ।

 

माचाडोले सुमाटे नामक संस्था स्थापना गरेकी थिइन्, जुन लोकतन्त्रको सुधारको लागि काम गर्छ । उनी देशमा स्वतन्त्र र निष्पक्ष चुनावको माग गर्दै आएकी छिन् ।

मचाडोले पछिल्लो पटक नोबेल शान्ति पुरस्कार बाहेक अन्य कैयौं पुरस्कार पनि जितेकी छन् । उनले यसअघि २०२४ सखारोभ पुरस्कार: युरोपेली संसदले उनलाई र एडमन्डो गोन्जालेजलाई लोकतन्त्रको रक्षामा गरेको कामको लागि यो पुरस्कार प्रदान गरेको थियो । त्यस्तै २०२४ भाक्लाभ हाभेल मानव अधिकार पुरस्कार: युरोप परिषद्ले मानव अधिकारको लागि उनको कामलाई सम्मान गरेको थियो ।

 

त्यस्तै २०२५ साहस पुरस्कार: मानव अधिकारको लागि जेनेभा शिखर सम्मेलनले उनलाई र गोन्जालेजलाई यो पुरस्कार प्रदान गरेको थियो ।

 

त्यस्तै २०१८ मा बीबीसीले उनलाई विश्वका १०० प्रभावशाली महिलाहरूमा नाम दिएको थियो । २०२४ को चुनाव अघि मचाडो विपक्षी दलको राष्ट्रपति पदको उम्मेदवार थिइन्, तर भेनेजुएला सरकारले उनको उम्मेदवारी रद्द गर्‍यो । पछि उनले अर्को पार्टीका प्रतिनिधि एडमन्डो गोन्जालेज उरुटियालाई समर्थन गरिन्, जसले अन्तर्राष्ट्रिय समर्थन पनि प्राप्त गर्‍यो । मचाडोको पार्टीले भेनेजुएलामा भारी विजय हासिल गर्‍यो, तर शासनले चुनावी नतिजा स्वीकार गर्न अस्वीकार गर्‍यो र सत्ता कायम राख्यो ।

 

मचाडोलाई भेनेजुएलाको 'आइरन लेडी' भनेर चिनिन्छ । उनले भेनेजुएला भरका मानिसहरूलाई चुनावमा देशको तानाशाही राष्ट्रपति निकोलस मादुरोलाई पराजित गर्न एकताबद्ध गरिन् । अहिले, उनी एक्लै लुकेर बसेकी छिन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार