भेनेजुएलाकी नेतृ मचाडोले पाइन् नोबेल शान्ति पुरस्कार
२०८२ असोज २४ शुक्रवार
- यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पाएकी छन् ।
काठमाडौँ, २४ असोज । यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पाएकी छन् ।
शुक्रबार नर्वेली नोबेल समितिले भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न गरेको संघर्षको लागि माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
यस बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, एलन मस्क, पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान लगायत नोबेल शान्ति पुरस्कार पाउन सक्नेमा चर्चामा रहेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।