राष्ट्र संघका महासचिव गुटेरेसको गाजामा युद्धविरामको स्वागत, सर्तहरू पूर्ण पालना गर्न आग्रह

२०८२ असोज २३ बिहीवार
सारांश
  • एन्टोनियो गुटेरेसले अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्दै सम्बन्धित सबै पक्षहरूलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

काठमाडौँ : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धक मुक्ति सम्झौताको घोषणाको स्वागत गरेका छन् ।

 

एन्टोनियो गुटेरेसले अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्दै सम्बन्धित सबै पक्षहरूलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन् । महासचिव  गुटेरेसले भनेका छन्- 'सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्छ । स्थायी युद्धविराम सुनिश्चित गरिनुपर्छ। लडाइँ एक पटक र सधैंको लागि समाप्त हुनुपर्छ ।'

 

उनले गाजामा तत्काल मानवीय सहायताको लागि अपील गरेका छन् र राष्ट्र संघले यो सम्झौताको कार्यान्वयनलाई पूर्ण समर्थन गर्ने बताएका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेसँगै गाजामा दुई बर्षदेखि जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार