म्यानमारमा महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

२०८२ असोज २२ बुधवार
सारांश
  • चाउङ-यू टाउनशिपमा थाडिङयुत उत्सवमा १०० जना भन्दा बढीले भाग लिएको अवस्थामा मोटराइज्ड प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालिएको बताइएको छ । यो उत्सव बौद्ध धर्मसँग सम्बन्धित रहेको थियो ।

काठमाडौँ : मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा प्याराग्लाइडरको  आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।  मिडिया रिपोर्टमा सो घटनामा ४७ जना घाइते भएका छन् ।

 

चाउङ-यू टाउनशिपमा थाडिङयुत उत्सवमा १०० जना भन्दा बढीले भाग लिएको अवस्थामा मोटराइज्ड प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालिएको बताइएको छ । यो उत्सव बौद्ध धर्मसँग सम्बन्धित रहेको थियो । 

 

यो उत्सवमा जुन्टाको नीतिहरूको विरोधमा मैनबत्ती बाल्ने कार्यक्रम पनि समावेश थियो । यो आक्रमण म्यान्मार सरकारले गराएको दाबि गरिएको छ । 

 

सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ । संयुक्त राष्ट्र संघको अनुमान छ कि द्वन्द्वमा अहिलेसम्म ५ हजारभन्दा बढी नागरिक मारिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार