- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई आइतबार साँझ ६ बजेसम्म गाजाको लागि प्रस्तावित शान्ति सम्झौतामा सहमत हुन अल्टिमेटम दिएका छ ।
काठमाडौँ, १८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई आइतबार साँझ ६ बजेसम्म गाजाको लागि प्रस्तावित शान्ति सम्झौतामा सहमत हुन अल्टिमेटम दिएका छ ।
ट्रम्पले आइतबार साँझ ६ बजेसम्म हमासले प्रस्तावित सम्झौतामा सहमत नभएमा हमासविरुद्ध पहिले कहिल्यै नभएको विपत्ति आउने चेतावनी दिएका हुन् ।
ट्रम्पले यस हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग यो शान्ति योजना प्रस्तुत गरेका थिए । ट्रम्पले यो अन्तिम मौका भएको र हमास सम्झौतामा सामेल भएन भने, अमेरिका र यसका सहयोगीहरूले ठूलो मात्रामा बदला लिने बताएका छन् । सम्झौताको उद्देश्य गाजामा युद्ध रोक्नु र क्षेत्रमा दिगो शान्ति स्थापना गर्नु रहेको ट्रम्पको दाबी रहेको छ ।
ट्रम्पले योजनालाई 'अन्तिम मौका सम्झौता' भनेका छन् र सबै देशहरू पहिले नै सम्झौतामा सहमत भइसकेको बताएका छन् । विश्लेषकहरूका अनुसार ट्रम्पको यो कदम हमास र अन्य मध्यपूर्वका समूहहरूलाई द्वन्द्व चाँडै अन्त्य गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न दबाब दिने उद्देश्यले हो । यद्यपि, हमासले ट्रम्पको २० बुँदे प्रस्तावमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।