भारतमा बालबालिकालाई खोकी सिरप नदिन सल्लाह

२०८२ असोज १८ शनिवार
सारांश
  • भारतको स्वास्थ्य मन्त्रालयले दुई वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई खोकी र रुघाखोकीका औषधिहरू नदिन सल्लाह दिएको हो ।

एजेन्सी, १८ असोज । भारत सरकारले बालबालिकाकालागि खोकीको सिरपको प्रयोगको बारेमा सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई 'एडभाइजरी' जारी गरेको छ ।

 

भारतको स्वास्थ्य मन्त्रालयले दुई वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई खोकी र रुघाखोकीका औषधिहरू नदिन सल्लाह दिएको हो ।

 

सल्लाहमा भनिएको छ, यस्ता औषधिहरू सामान्यतया पाँच वर्ष मुनिका बालबालिकाहरूलाई सिफारिस गरिँदैन । पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि, यस्ता औषधिहरू दिँदा खुराकलाई विचार गर्नुपर्ने र धेरै औषधिहरू प्रयोग नगर्न आग्रह गरेको छ ।

 

समाचार एजेन्सी पीटीआईका अनुसार, मन्त्रालयले यस विषयमा सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य सेवा निर्देशकहरूलाई पत्र लेखेको छ । यसमा भनिएको छ, बालबालिकाहरूमा हुने खोकी सामान्यतया आफैं निको हुन्छ र प्रायः औषधिको आवश्यकता नपर्ने भनिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार