- साने ताकाइचीलाई एलडिपीकी गैऱ्ह-वामपन्थी नेता मानिन्छ ।
एजेन्सी, १७ असोज । जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ । शिगेरु इशिबाले सेप्टेम्बर ७, २०२५ मा आफ्नो पदबाट राजीनामा दिएपछि लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले अक्टोबर ४ मा पार्टी अध्यक्षताको लागि चुनाव गर्दैछ ।
जापानमा, बहुमत प्राप्त दलको अध्यक्ष प्रधानमन्त्री बन्नेछन । त्यसैले, यस चुनावको विजेता संसदीय मतदान पछि प्रधानमन्त्री नियुक्त हुनेछ । पार्टी अध्यक्षको लागि पाँच उम्मेदवारहरू दौडमा छन्, तर प्रतिस्पर्धा दुई बीच सीमित रूपमा विभाजित छ । क्योडो न्यूजले आइतबार गरेको सर्वेक्षण अनुसार, पूर्व आर्थिक सुरक्षा मन्त्री साने ताकाइची ३४.४ प्रतिशत मतका साथ अगाडि रहेकी छन् भने कृषि मन्त्री शिन्जिरो कोइजुमी २९.३ प्रतिशत समर्थनका साथ दोस्रो स्थानमा देखिएका छन् ।
यदि ४५ बर्षिय ताकाइचीले यो चुनाव जितिन् भने, उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् भने उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री पनि बन्नेछिन ।
साने ताकाइचीलाई एलडिपीकी गैऱ्ह-वामपन्थी नेता मानिन्छ । त्यस्तै वर्तमान कृषि मन्त्री शिन्जिरो कोइजुमी,पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् । युवा, मिडिया-मैत्री, समलिङ्गी विवाह र लैङ्गिक समानतामा उदार मानिन्छन् ।
एलडीपीको अध्यक्षको चुनावमा, विधायक र सांसदहरू बाहेक पार्टीका सदस्यहरूले पनि मतदान गर्छन् । यदि कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत प्राप्त गरेन भने शीर्ष दुई उम्मेदवारहरू बीच दोस्रो चरणको चुनाव हुन्छ । पार्टीको अध्यक्षको चुनाव जितेपछि, विजेतालाई संसदमा प्रधानमन्त्री पदको लागि मनोनित गरिनेछ । बहुमत प्राप्त गरेपछि, उनले प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन् ।
शिगेरु इशिबा सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेक थिए । उनी पार्टीमा 'बाहिरी' थिए, जसको अर्थ उनको कुनै 'गडफादर' थिएन । उनले मुद्रास्फीति र आर्थिक समस्याहरू समाधान गर्ने वाचा गरे, तर सोचे अनुसार काम गर्न सकेनन भने एलडीपी-कोमेइतो गठबन्धनले अक्टोबर २०२४ मा तल्लो सदन (प्रतिनिधि सभा) को चुनावमा बहुमत गुमाएपछि जुलाई २०२५ मा माथिल्लो सदन (काउन्सिलरहरूको सभा) को चुनावमा उनको दलले ठूलो हार बेहोर्यो। १९५५ पछि पहिलो पटक पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।