रुससँगको युद्ध समाप्त भएमा राष्ट्रपति छोड्न तयार छु- जेलेन्स्की
२०८२ असोज १० शुक्रवार
- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध समाप्त भएपछि राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन् ।
काठमाडौँ, १० असोज । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध समाप्त भएपछि राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन् । न्यूयोर्कमा अन्तर्वार्तामा जेलेन्स्कीले उनको लक्ष्य युद्ध रोक्नु रहेको बताउदै सत्तामा रहन नचाहेको स्पष्ट गरेका हुन् ।
जेलेन्स्कीले युद्धविराम भयो भने, उनी संसदलाई चुनाव गर्न आग्रह गर्ने बताएका छन् । उनले भने- 'युद्ध पछि, मानिसहरू नयाँ नेता चयन गर्न चाहन्छन् । म त्यसको लागि तयार छु ।'
युक्रेनमा मार्शल ल लागू भएका कारण संबिधान अनुसार चुनाव हुनबाट रोकिएको छ । जेलेन्स्की २०१९ मा भारी विजयका साथ राष्ट्रपति बनेका थिए । उनको कार्यकाल मे २०२४ मा समाप्त हुनुपर्ने थियो, तर युद्धका कारण यो लम्बिएको छ । युद्ध सुरु हुँदा उनको लोकप्रियता ९० सम्म पुगेको थियो र अहिले पनि, विभिन्न सर्वेक्षणहरूले उनलाई ६० प्रतिशत भन्दा बढी युक्रेनीको समर्थन भएको देखाएका छन् ।
जेलेन्स्कीसँग अगस्टमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा चुनाव नभएको बारेमा गुनासो गरेका थिए । जेलेन्स्कीले उनलाई युद्धविराम भयो भने, उनी संसदलाई चुनावको लागि तयारी गर्न आग्रह गर्ने जवाफ दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।