हमासलाई आत्मसमर्पण गर्न प्यालेस्टिनी राष्ट्रपति अब्बासको आव्हान
२०८२ असोज ०७ मङ्गलवार
- अमेरिकाले अब्बास र अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेपछि प्यालेस्टिनी राष्ट्रपतिले भिडियो लिङ्क मार्फत संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए ।
एजेन्सी, ७ असोज । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न अपील गरेका छन् ।
राष्ट्र संघका १५० भन्दा बढी देशले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएपछि राष्ट्रपति अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारसहित आत्मसमर्पण गर्न अपील गरेका हुन् ।
अमेरिकाले अब्बास र अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेपछि प्यालेस्टिनी राष्ट्रपतिले भिडियो लिङ्क मार्फत संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए ।
अब्बासले आफ्नो सम्बोधनमा स्थायी युद्धविरामको आवश्यकतामा जोड दिए । उनले गाजाको प्रशासनमा हमासको कुनै भूमिका नहुने बताए । उनले हमासलाई प्यालेस्टिनी प्राधिकरणलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न आग्रह गरे ।
प्यालेस्टिनी राष्ट्रपतिले भने- 'हामी हतियार बिनाको संयुक्त राष्ट्र चाहन्छौं ।'
प्यालेस्टिनी राष्ट्रपतिले अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको घटनाको पनि निन्दा गरे । इजरायलका जनतालाई सम्बोधन गर्दै उनले भने- 'हाम्रो र तपाईंको भविष्य शान्तिमा निर्भर छ । अब हिंसा र युद्ध होइन ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’