च्याटजिपिटीको सहयोग, अमेरिकी महिलाले जितिन् डेढ लाख डलरको लोटरी

२०८२ असोज ०६ सोमवार
सारांश
  • उनले सेप्टेम्बर ८ मा भर्जिनिया पावरबल लटरीमा सही तरिकाले निकालिएका लटरी नम्बरहरू छनौट गर्न च्याटजिपिटीलाई आग्रह गरेकी थिइन् ।

काठमाडौँ, ६ असोज । अमेरिकाको भर्जिनियाकी क्यारी एडवर्ड्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर लोटरीमा एक लाख ५० हजार डलर जितेकी छन् ।

 

उनले सेप्टेम्बर ८ मा भर्जिनिया पावरबल लटरीमा सही तरिकाले निकालिएका लटरी नम्बरहरू छनौट गर्न च्याटजिपिटीलाई आग्रह गरेकी थिइन् ।

 

क्यारीले च्याटजिपिटीको सुझाव अनुसार निकालेको मुख्य नम्बरहरू र पावर बल नम्बर मिलेपछि उनले एक लाख ५० हजार डलर जितेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

क्यारीले आफ्नो फोनमा जितको सन्देश प्राप्त गरिन्, उनले यसलाई विश्वास नगरेको बताएकी छन् । जितपछि क्यारीले सबै पैसा तीन परोपकारी संस्थाहरूलाई दान गर्ने निर्णय गरेको बताएकी छन् ।    

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार