बेलायतले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्दै
२०८२ असोज ०५ आइतवार
- गत जुलाईमा स्टारमरले यदि इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानको सर्तहरूमा सहमत भएन भने, बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने चेतावनी दिएका थिए ।
काठमाडौँ : बेलायती प्रधानमन्त्री केयर स्टारमरले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्ने अपेक्षा गरिएको छ । यसलाई बेलायती विदेश नीतिमा ठूलो परिवर्तन मानिएको छ ।
गत जुलाईमा स्टारमरले यदि इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानको सर्तहरूमा सहमत भएन भने, बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने चेतावनी दिएका थिए ।
बेलायती मिडियाहरुले प्रधानमन्त्री स्टारमरले आज प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्ने उल्लेख गरेका छन् ।
बेलायतको यो कदमको इजरायली सरकार, बन्धकहरूका परिवारहरू र केही कन्जरभेटिभ राजनीतिज्ञहरूले कडा आलोचना गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पहिले नै यस्तो कदमले आतंकवादलाई पुरस्कृत गर्ने बताएका छन् ।
यद्यपि, बेलायती मन्त्रीहरूले दीर्घकालीन शान्ति सम्झौताको लागि आशा जीवित राख्न कारबाही गर्नु नैतिक जिम्मेवारी भएको बताउदै आएका छन् । गाजामा भोकमरी र हिंसा बढेपछि प्रधानमन्त्री स्टारमरले 'असहनीय' भनेर ब्याख्या गरिसकेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।