फ्रेन्च राष्ट्रपति म्याक्रोनकी श्रीमती ब्रिगिट महिला कि पुरुष !

२०८२ असोज ०३ शुक्रवार
सारांश
  • फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनकी श्रीमती ब्रिगिट म्याक्रोनले अदालतमा आफू महिला भएको प्रमाण पेश गर्ने भएकी छन् ।

एजेन्सी, ३ असोज । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनकी श्रीमती ब्रिगिट म्याक्रोनले अदालतमा आफू महिला भएको प्रमाण पेश गर्ने भएकी छन् । उनले ट्रम्प समर्थक कार्यकर्ता क्यान्डेस ओवेन्स विरुद्ध अमेरिकी अदालतमा मानहानि मुद्दा दायर गरेकी छिन् ।

 

ओवेन्सले बारम्बार ब्रिगिट महिला नभएको दाबी गर्दै आएकी छन् । यो आरोपलाई गलत साबित गर्न ब्रिगिटले अदालतमा फोटोग्राफिक र वैज्ञानिक प्रमाण प्रस्तुत गर्ने तयारी गरेकी छन् ।

 

म्याक्रोनका वकिल टम क्लेयरले कुनै पनि मानिस जस्तै, देशको राष्ट्रपतिले पनि परिवारमाथि आक्रमण गर्दा विचलित हुन्छ। क्लेयरले विशेषज्ञहरूले अदालतमा गवाही दिनेछन् र वैज्ञानिक प्रमाण प्रस्तुत गरिने बताइएको छ । ब्रिगिटको गर्भावस्था र बच्चा जन्माउने तस्बिरहरू अदालतमा प्रस्तुत गरिने बताइएको छ ।

 

सामाजिक सञ्जालमा क्यान्डेस ओवेन्सका लाखौं फलोअरहरू छन् । उनले बारम्बार ब्रिगिट पुरुष भएको दाबी गर्दै आएकी छन् । मार्च २०२४ मा, उनले यो आरोपको विरोध गर्न आफ्नो सम्पूर्ण जीवन जोखिममा पार्न तयार रहेको पनि बताएकी थिइन् ।

 

ब्रिजिट म्याक्रोन पुरुष भएको हल्ला धेरै समयदेखि फैलिएको थियो, तर यो विषयले पहिलो पटक २०२१ मा गति लिएको थियो । अमान्डाइन रोय नामकी एक महिला युट्युबरले पत्रकार नताशा रेलाई चार घण्टाको अन्तर्वार्ता दिइन्। त्यसमा नताशाले ब्रिजिट म्याक्रोन पुरुष भएको दाबी गरिन् । नताशा रेले यो जानकारीको लागि तीन वर्ष अनुसन्धान गरेको पनि दाबी गरेकी थिइन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार