फहलगाम आतङ्ककारी हमलाको कारण भारतीय खेलाडीले मिलाएनन् हात पाकिस्तानीसङ्ग
२०८२ भाद्र ३० सोमवार
- जितपछि भारतीय टी-२० कप्तान सूर्यकुमार यादवले एसिया कपमा पाकिस्तान विरुद्धको जित भारतीय सेनालाई समर्पित गरे ।
काठमाडौँ । एसिया कप अन्तर्गत भारतले पाकिस्तानलाई पराजित गर्यो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको खेलमा भारतले २५ बल बाँकी रहँदा पाकिस्तानलाई सात विकेटले पराजित गर्यो र चालू प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्यो ।
खेलमा कप्तान सूर्यकुमार यादवले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । यसपछि उनी सिधै पभिलियन फर्किए । उनले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन् । बाँकी खेलाडीहरूले पनि त्यस्तै गरे ।
पाकिस्तानका कप्तान सलमान अली आगा खेलपछि पुरस्कार समारोहमा उपस्थित भएनन् । उनका प्रशिक्षक माइक हेसनले खेलपछिको पत्रकार सम्मेलनमा तनाव बढेको स्वीकार गरे । हेसनले भने- 'हामी हात मिलाउन चाहन्थ्यौं, तर विपक्षी टोलीले त्यसो नगरेकोमा निराश छौं । हामीले खेल्ने तरिकाबाट हामी निराश छौं, तर हामी हात मिलाउन चाहन्थ्यौं । सलमान खेलपछिको प्रस्तुतीकरणको लागि नआउनु कारण र त्यसैको प्रभाव थियो ।' यसअघि पनि दुई कप्तानले टसको समयमा पनि हात मिलाएका थिएनन् ।
जितपछि भारतीय टी-२० कप्तान सूर्यकुमार यादवले एसिया कपमा पाकिस्तान विरुद्धको जित भारतीय सेनालाई समर्पित गरे । उनले भने- 'टोली पहलगाम आतंकवादी हमलामा मारिएकाहरूको परिवारको साथ छ ।'
भारत र पाकिस्तान बीचको खेललाई लिएर विवाद भएको र देशमा यो खेल बहिष्कार गर्ने माग भइरहेका बेला यो खेल खेलिएकाले यस अघि जस्तो भारत-पाकिस्तानबीचको खेलमा उत्साह देखिएको थिएन । सायद पहिलो पटक भारत पाकिस्तान क्रिकेट खेलमा स्टेडियममा सिट खाली देखिएको थियो ।
सूर्यकुमारले खेल पछि भने- 'म केही भन्न चाहन्छु र यो सही अवसर पनि हो । हामी पहलगाम आतंकवादी हमलामा मारिएकाहरूको परिवारसँग छौं र उनीहरूसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं । म यो जित हाम्रा सबै सशस्त्र सेनाहरूलाई समर्पित गर्दछु जसले धेरै बहादुरी देखाए । आशा छ कि उनीहरूले भविष्यमा हामीलाई प्रेरणा दिइरहनेछन् र जब पनि हामीले उनीहरूलाई खुशी पार्ने मौका पाउँछौं, हामी उनीहरूको अनुहारमा मुस्कान ल्याउँदै रहनेछौं ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’