- वामपन्थी गठबन्धन र तल्लो तहका संगठनहरूले देशमा भएका सबै कुराहरू रोकियोस् र सरकारलाई झुक्न बाध्य पारियोस् भन्दै आन्दोलन सुरु गरेका छन् ।
एजेन्सी, २६ भाद्र । फ्रान्समा सरकारविरुद्ध प्रदर्शन तिव्र भएको छ । बजेट कटौतीको विरोधमा र राष्ट्रपति इमानुएल म्याक्रोनको राजीनामाको माग गर्दै लाखौ मानिसहरू सडकमा उत्रिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
सरकारले प्रदर्शन बढेपछि ८० हजारभन्दा बढी प्रहरी तैनाथ गरेको छ भने अहिलेसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।
प्रदर्शनकारीले राष्ट्रपति म्याक्रोनका नीतिहरूको विरोध गरेका छन् । उनीहरुले जनताको ठूलो वर्गले म्याक्रोनका नीतिहरू आम जनताको हितविरुद्ध र धनी वर्गलाई फाइदा पुर्याएको आरोप लगाएका छन् ।
त्यस्तै सरकारले खर्च कटौती गरेर र कल्याणकारी योजनाहरू घटाएर आर्थिक सुधारहरू लागू गरेपछि अझ आक्रोस बढेको छ । यसले आम जनता, विशेष गरी मध्यम वर्ग र श्रमिक वर्गमाथि दबाब बढाएको छ ।
हालै सेबास्टियन लेकोर्नुलाई प्रधानमन्त्री बनाइएको छ । यो दुई वर्षभन्दा कम समयमा पाँचौं प्रधानमन्त्रीको नियुक्ति हो । यसले जनतामा अस्थिरता र असन्तुष्टि बढाएको छ । प्रदर्शनकारीहरू उनको नियुक्तिको सुरुवातदेखि नै सरकारमाथि दबाब दिन शुरु गरेका छन् ।
वामपन्थी गठबन्धन र तल्लो तहका संगठनहरूले देशमा भएका सबै कुराहरू रोकियोस् र सरकारलाई झुक्न बाध्य पारियोस् भन्दै आन्दोलन सुरु गरेका छन् ।
यी विरोध प्रदर्शनहरू फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले कार्यभार सम्हाल्न लागेका बेला भइरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’