- उनको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) को चुनाव हारेको थियो । इशिबाले हालै यसको लागि माफी मागेका छन् र राजीनामा दिने निर्णय गर्ने बताएका छन् ।
काठमाडौँ : जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन् । जापानी मिडिया एनएचकेका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक (एलडिपी) पार्टी भित्र विभाजन हुनबाट जोगिन इशिबाले यो कदम चालेको बताइएको छ ।
उनको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) को चुनाव हारेको थियो । इशिबाले हालै यसको लागि माफी मागेका छन् र राजीनामा दिने निर्णय गर्ने बताएका छन् ।
इशिबाको नेतृत्वमा रहेको एलडिपी-कोमेइटो गठबन्धनले जुलाई २०२५ मा भएको चुनावमा लज्जास्पद हार बेहोर्नुपरेको थियो । गठबन्धनले ५० सिटको लक्ष्य राखेको थियो, तर ४७ सिट मात्र जित्न सकेको थियो, जसका कारण उनको सरकारले दुवै सदनमा बहुमत गुमाएको थियो । यो जापानी राजनीतिमा ऐतिहासिक धक्का थियो ।
चुनावी हारपछि, एलडीपी भित्र इशिबा हटाउने अभियान चलेको थियो । केही पार्टी नेता र सांसदहरूले उनको नेतृत्वमाथि प्रश्न उठाउदै उनलाई हटाउने अभियान चलाएका थिए, जसले उनको स्थिति कमजोर बनायो । इशिबाले पार्टीमा एकता कायम राख्न राजीनामा दिने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
इशिबाले हालै अमेरिकासँग व्यापार सम्झौता गरेका छन् जसले जापानी अटोमोबाइलमा लाग्ने कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाएको छ । यो सम्झौतालाई लगानीकर्ताहरूले स्वागत गरेका थिए , तर यसले उनलाई आफ्नो पद जोगाउन भने सकेन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’