अफगानिस्तान भुकम्पः मृत्यु हुनेको सङ्ख्या ८ सय पुग्यो

२०८२ भाद्र १७ मङ्गलवार
सारांश
  • अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो । स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे जालालाबाद (नंगरहार प्रान्त) नजिकै, करिब २७ किलोमिटर टाढा, ८ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ ।

काठमाडौं : अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन् ।

 

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो । स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे जालालाबाद (नंगरहार प्रान्त) नजिकै, करिब २७ किलोमिटर टाढा, ८ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ ।

 

अफगानीस्तानको अन्तरिम सरकारका प्रवक्ताका अनुसार सबैभन्दा ठूलो क्षति कुनार प्रान्तका नुर्गल, सुकी, वाटापुर र चापा दारा जिल्लामा भएको छ । नुर्गल क्षेत्रका एक स्थानीयले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) सँग कुरा गर्दै गाउँका घर पूर्णरूपमा ध्वस्त भएको बताए ।

 

“आइतबार मध्यरातमा आएको भूकम्प निकै शक्तिशाली थियो । हामीले करिब २०० घाइतेलाई हेलिकोप्टरमार्फत जालालाबादको अस्पतालमा पु¥यायौं, अझै पनि ३०० देखि ३५० जना भग्नावशेषमुनि फसेका छन् । हाम्रो गाउँका सबै घर ध्वस्त भएका छन्,” वादिर गाजीअबाद गाउँका बासिन्दा जद्रानले बताए ।

 

स्थानीय भौगोलिक कठिनाइका कारण उद्धारमा समस्या भइरहेको जनाइए पनि उद्धार टोली र राहत संस्था प्रभावित क्षेत्रमा पुगेर कार्य तीव्र पारिरहेको अधिकारीहरूले बताएका छन् ।

 

भूकम्प प्रभावित स्थानीयहरूले अन्तर्राष्ट्रिय सहयोगको माग गरेका छन् ।

 

“हाम्रो सरकारका अधिकारीहरू तुरुन्तै सहयोगका लागि पुगेका छन्, जसका लागि हामी आभारी छौं । तर हामी अन्तर्राष्ट्रिय समुदायलाई अझै सहयोगका लागि आग्रह गर्छौं,” जद्रानले भने ।

 

वादिर गाजीअबादका अर्का बासिन्दा मोहम्मद इब्राहिमले भने, “मेरो परिवारका २५ जना सदस्य भूकम्पमा मारिए र अझै भग्नावशेषमुनि छन् । म अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको अपिल गर्छु, अल्लाहले यसका लागि उनीहरूलाई पुण्य दिनुहुनेछ ।”

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार