अमेरिका र जापानबीचको व्यापार सम्झौताको वार्ता अवरुद्ध
२०८२ भाद्र १४ शनिवार
- अमेरिकाले जापानलाई थप अमेरिकी चामल किन्न माग गरेको छ, जुन जापान स्वीकार गर्न तयार देखिएको छैन ।
काठमाडौँ: अमेरिकाको नयाँ सर्तका कारण सम्भावित व्यापार सम्झौताको बारेमा अमेरिका र जापानबीच जारी वार्ता अवरुद्ध भएको छ ।
अमेरिकाले जापानलाई थप अमेरिकी चामल किन्न माग गरेको छ, जुन जापान स्वीकार गर्न तयार देखिएको छैन ।
जापानी पत्रिका निक्केईका अनुसार टोकियोका शीर्ष व्यापार वार्ताकारले हालै आफ्नो अमेरिकी भ्रमण रद्द गरेका छन् । यसले दुई पक्षबीचको गतिरोध बढेको संकेत गरेको छ । दुई देश जुलाईमा एक सम्झौतामा पुगेका थिए, जसअन्तर्गत जापानी सामानमा अमेरिकी कर १५ प्रतिशतमा घटाइएको थियो ।
यद्यपि, अब राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सर्तले त्यो सम्झौताको भावनामाथि प्रश्न उठाएको छ । निक्केई रिपोर्टका अनुसार, यो माग पहिलेको सम्झौताको विरोधाभास भएको जापानको भनाई रहेको छ, किनकी शुरुवातमा कर लगाउदा जापानको कृषि उत्पादनमा आयात शुल्क प्रभावित नहुने अमेरिकी पक्षले बताएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’