रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार

२०८२ भाद्र १३ शुक्रवार
सारांश
  • आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले शान्तिको सट्टा क्षेप्यास्त्र रोजिरहेको बताएका छन् ।

एजेन्सी, १३ भाद्र । रुसले युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबाहेक आक्रमणमा ४५ जना घाइते भएका छन् ।

 

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटघाटको १३ दिनपछि यो भिषण आक्रमण भएको हो ।

 

आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले शान्तिको सट्टा क्षेप्यास्त्र रोजिरहेको बताएका छन् ।

 

रुसी आक्रमणमा ब्रिटिश काउन्सिलको कार्यालय क्षतिग्रस्त भएको छ । बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो । त्यस्तै आक्रमणमा युरोपेली संघका मिसन भवनहरूमा क्षति पुगेको छ । 

 

यो आक्रमणपछि बेलायत र युरोपेली संघले रुसलाई चेतावनी दिएका छन्, ह्वाइटहाउसले वार्ता जारी रहने बताएको छ । आक्रमणमा किभ कार्यालयहरू क्षतिग्रस्त भएपछि बेलायत र युरोपेली संघले रुसी राजदूतहरूलाई बोलाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार