प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमण बारे संसदमा जानकारी
२०८२ भाद्र १३ शुक्रवार
- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण बारे संसदमा जानकारी गराएका छन् ।
काठमाडौँ, १३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण बारे संसदमा जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादमिर पुटिनसहित, माल्दिभ्स, लाओस, भियतनामका राष्ट्र प्रमुखसँग भेटवार्ता तय भएको जानकारी दिएका छन् ।
साथै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जीङपीङसँग दुई पक्षीय भेटवार्ता हुने जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा र उच्चपदस्थ सरकारी अधिकारीहरू समावेश हुने जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’