भारतको महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो
२०८२ भाद्र १२ बिहिवार
- अहिले पनि उद्धारको कार्य जारी रहेको बताइएको छ ।
काठमाडौँ: भारतको महाराष्ट्रको पालघरमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
भारतीय मिडियाहरुका अनुसार गएराति भग्नावशेषबाट थप तीन जनाको शव निकालिएको बताएका छन् । करिब ५० फ्ल्याट भएको यो चार तल्ले अवैध भवन मंगलबार र बुधबार राति करिब १२:०५ बजे ढलेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा अचानक भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट भत्किँदा धेरै बासिन्दा र पाहुनाहरू भग्नावशेषमुनि पुरिएका थिए । बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ भने अहिले पनि उद्धारको कार्य जारी रहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’