- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ गभर्नर लिसा कुकलाई पदबाट हटाएका छन् ।
एजेन्सी, १० भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय रिजर्भ गभर्नर लिसा कुकलाई पदबाट हटाएका छन् ।
ट्रम्पले कुकले पदबाट हटाएको पत्रमा धितो सम्बन्धी कागजातहरूमा गलत जानकारी प्रदान गरेको आरोप लगाउदै संविधान अन्तर्गत यो कारबाही गर्ने अधिकार आफूसँग भएको उल्लेख गरेका छन् ।
कुकले यो निर्णयलाई गैरकानूनी भनेकी छन् भने राष्ट्रपतिलाई उनलाई बर्खास्त गर्ने अधिकार नभएको र उनले राजीनामा नदिने बताएकी छन् ।
अमेरिकी राष्ट्रपतिले संघीय रिजर्भ गभर्नरलाई हटाउने गरेको यो प्रयास पहिलो पटक हो । यसले केन्द्रीय बैंकको स्वतन्त्रता र राष्ट्रपतिको अधिकारमाथि ठूलो विवाद निम्त्याएको छ ।
जुलाईको अन्त्यमा भएको संघीय रिजर्भको अन्तिम बैठकमा लिसा कुक, जेरोम पावेल र बोर्डका अधिकांश अन्य सदस्यहरूले अमेरिकी ब्याजदर कायम राख्ने पक्षमा मतदान गरेका थिए ।
ट्रम्पले केन्द्रीय बैंकलाई ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् र यसले टकरावको अवस्था कायमै रहेको छ ।
पुर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा लिसा कुकलाई गभर्नरमा नियुक्त गरेका थिए । उनी यस पदमा सेवा गर्ने पहिलो अफ्रिकी-अमेरिकी महिला हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’