अष्ट्रेलियाद्वारा इरानी राजदुतसहित अन्य तीन कुटनितिज्ञ निष्काशित
१० भाद्र, २०८२, मगलवार
- अस्ट्रेलियाको गुप्तचर निकायले अष्ट्रेलियाको भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पत्ता लगाएको प्रधानमन्त्री एन्थोनी अल्बानीजले जानकारी दिएका छन् ।
काठमाडौँ । अष्ट्रेलियाले इरानी राजदुत अहमद सदेगीलाई निष्काशित गरेको छ ।
अस्ट्रेलियाले आफ्नो भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पुष्टि भएको भन्दै राजदुत सदेगी र उनका तीन सहकर्मीहरूलाई व्यक्तिगत रूपमा गैर-अनुचित व्यक्ति घोषित गरेर सात दिन भित्र देश छोड्न आदेश दिएको हो ।
अस्ट्रेलियाको गुप्तचर निकायले अष्ट्रेलियाको भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पत्ता लगाएको प्रधानमन्त्री एन्थोनी अल्बानीजले जानकारी दिएका छन् ।
अष्ट्रेलियाको सुरक्षा गुप्तचर संगठनले गत वर्ष सिड्नीमा रहेको यहूदी स्वामित्वको रेस्टुरेन्ट र मेलबर्नमा रहेको अडास इजरायल सिनागोगलाई लक्षित गरी भएको दुईवटा आगजनीको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको भूमिका रहेको विषय अनुसन्धान गरेको थियो ।
दोस्रो विश्वयुद्ध पछि अष्ट्रेलियाले विदेशी राजदूतलाई निष्कासन गरेको यो पहिलो पटक हो ।
अष्ट्रेलियाले आफ्ना कन्सुलर अधिकारीहरूको सुरक्षाका लागि इरानमा रहेको आफ्नो दूतावासमा सञ्चालन पनि स्थगित गरेको छ, र इरानमा रहेका अष्ट्रेलियालीहरूलाई देश छोड्न आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’