भारतको चुनावमा अमेरिकाले सहयोग गरेको ट्रम्पको दाबी गलत

२०८२ भाद्र ०६ शुक्रवार
सारांश
  • अमेरिकी एजेन्सी युएसएआईडी (युएसएआईडी) ले भारतमा मतदान बढाउन १८२ करोड भारु दिएको ट्रम्पको दाबि गलत पुष्टि भएको हो ।

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा भारतको चुनावमा सहयोग गरेको दाबि गलत पुष्टि भएको छ ।

 

अमेरिकी एजेन्सी युएसएआईडी (युएसएआईडी) ले भारतमा मतदान बढाउन १८२ करोड भारु दिएको ट्रम्पको दाबि गलत पुष्टि भएको हो ।

 

ट्रम्पको भनाइपछि, भारतीय विदेश मन्त्रालयले भारतस्थित अमेरिकी दूतावासलाई विगत १० वर्षको रेकर्ड मागेको थियो । जवाफमा, दूतावासले जुलाई २ मा एक प्रतिवेदन जारी गरेको थियो । प्रतिवेदनमा, अमेरिकी दूतावासले स्पष्ट रूपमा उनीहरूले त्यस्तो कोष प्राप्त नगरेको र कसैलाई नदिएको जवाफ दिएको छ । यसमा २०१४ देखि २०२४ सम्मको सबै अमेरिकी सहायताको विवरण थियो ।

 

दूतावासले यस अवधिमा भारतको चुनावी प्रक्रियाको लागि कुनै पनि कोष प्रदान नगरिएको बताएको छ । यो विवरण भारतीय विदेश मन्त्रालयले बिहीबार राज्यसभामा जानकारी दिएको हो ।

 

ट्रम्पले फेब्रुअरी १६, २०२५ मा, अमेरिकी सरकार दक्षता विभागले विश्वभरका अन्य देशहरूलाई युएएडको ४८६ मिलियन डलरको कोष रद्द गर्ने घोषणा गरेका थिए । डोजले यसमा भारतमा मतदाता मतदान बढाउन १८२ करोडको कोष पनि समावेश थियो । ट्रम्पले पटक पटक भारतलाई दिएको सहयोग बारे दाबि दोहोराएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार