अमेरिकामा छ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द

२०८२ भाद्र ०३ मङ्गलवार
सारांश
  • मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो घटनाहरू मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने र 'आतंकवादलाई समर्थन गर्ने' सँग सम्बन्धित रहेको बताइएको छ ।

काठमाडौँ: अमेरिकी विदेश मन्त्रालयले कानून तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको कारण छ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको छ ।

 

मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो घटनाहरू मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने र 'आतंकवादलाई समर्थन गर्ने' सँग सम्बन्धित रहेको बताइएको छ ।

 

यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश हो, जस अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि पनि कडाइ गरिएको छ ।

यद्यपि, विदेश मन्त्रालयले 'आतंकवादलाई समर्थन गर्ने' भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन ।

 

ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी व्यवहार गरेको आरोप लगाउने केही विद्यार्थीहरूमाथि पनि कारबाही गरेको छ ।

 

विदेश मन्त्रालयले छ हजारमध्ये चार हजार भिसा कानून तोडेको कारणले रद्द गरिएको छ । यसबाहेक, 'आईएनए ३बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दाहरूमा' २०० देखि ३०० भिसा रद्द गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार