रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु

२०८२ भाद्र ०२ सोमवार
सारांश
  • आक्रमणबाट भवनको एक भाग भत्किएको छ र धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

काठमाडौँ : रुसले युक्रेनका शहरहरूमाथि आक्रमण गरेको छ । खार्किभको एक अपार्टमेन्ट ब्लकमा रुसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनका मिडियाहरुले उल्लेख गरेका छन् ।

 

आक्रमणबाट भवनको एक भाग भत्किएको छ र धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

 

स्थानीय अधिकारी इभान फेडोरोभले जापोरिजिया क्षेत्रमा ग्लाइड बम प्रयोग गरेर रुसी आक्रमणमा एक जनाको मृत्यु भएको र छ जना घाइते भएको बताएका छन् । 

 

युक्रेनी वायुसेनाले रातभरि रुसले युक्रेनमा चार वटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको बताएको छ । वायुसेनाले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार