जेलेन्स्कीसँग ट्रम्पको एक घण्टा कुराकानी, थप छलफलका लागि वाशिंटन बोलाए
२०८२ श्रावण ३१ शनिवार
- युक्रेनी राष्ट्रपति कार्यालयले जेलेन्स्कीले बिहान ट्रम्प र युरोपेली नेताहरूसँग कुरा गरेको पुष्टि गरेको छ ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा 'लामो कुराकानी' टेलिफोन कुराकनी गरेका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वाशिंगटन डीसी फर्कने क्रममा ट्रम्पले जेलेन्स्कीसँग लामो कुराकानी गरेको जानकारी दिएकी छन् ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँगको वार्तापछि युक्रेन युद्ध बारे भएको छलफलको ब्रिफिङ जेलेन्स्कीलाई गरेका हुन् । लेभिटले ट्रम्पले नाटो देशका नेताहरूसँग पनि फोनमा कुरा गरेका बताएकी छन् ।
युक्रेनी राष्ट्रपति कार्यालयले जेलेन्स्कीले बिहान ट्रम्प र युरोपेली नेताहरूसँग कुरा गरेको पुष्टि गरेको छ ।
कार्यालयले भनेको छ- 'यो लामो कुराकानी थियो । यो कुराकानी जेलेन्स्की र ट्रम्प बीच सुरु भयो, त्यसपछि युरोपेली नेताहरू पनि यसमा सामेल भएका थिए ।'
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार वाशिंगटन डीसीमा राष्ट्रपति ट्रम्पलाई भेट्ने बताएका छन् । टेलिग्राममा एक अपडेटमा उनले निमन्त्रणाको लागि आभार व्यक्त गरेका छन् ।
आज बिहान भएको ट्रम्प पुटिन बार्तामा सहमति नबनेपनि दुवै नेताले सकारात्मक भएको टिप्पणी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’