जम्मू कश्मीरमा बाढीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

२०८२ श्रावण ३० शुक्रवार
सारांश
  • जम्मु कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटना बारे ब्रिफिङ गर्दै अहिलेसम्म ६० जनाले ज्यान गुमाएको र १०० भन्दा बढी घाइते रहेको जानकारी दिएका हुन् ।

काठमाडौँ : भारतको जम्मू कश्मीरको किश्तवारको चाशोती गाउँमा बिहीबार दिउँसो बादल फुटेपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

 

जम्मु कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटना बारे ब्रिफिङ गर्दै अहिलेसम्म ६० जनाले ज्यान गुमाएको र १०० भन्दा बढी घाइते रहेको जानकारी दिएका हुन् ।

 

त्यस्तै अचानक आएको बाढीबाट २०० जनाभन्दा बढी बेपत्ता रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  अहिले पनि राहत र उद्धारको काम जारी रहेको बताइएको छ 

 

माचैल माता यात्राको लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप-डिभिजनको चाशोती गाउँ पुगेको बेला अचानक बाढी आएको थियो । यो यात्राको पहिलो गन्तव्य रहेको र यात्रा सुरु हुने ठाउँमा बादल फुटेको रिपोर्टमा उल्लेख छ । यहाँ भक्तजनहरूको बस, पाल, लङ्गर र धेरै पसलहरू थिए । सबै बाढीको पानीमा बगेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार