भारतको जम्मू कश्मीरमा बादल फुट्यो, ठुलो नोक्सानीको आशंका

२०८२ श्रावण २९ बिहिवार
सारांश
  • बादल फुटेको घटनापछि चिशोती गाउँमा अचानक बाढी आएको थियो, जसले धेरै घरहरूमा क्षति पुर्‍याएको बताइएको छ ।

काठमाडौँ : भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटना सार्वजनिक भएको छ ।

 

जसमा ठुलो जनधनको क्षति भएको आशंका गरिएको छ । घटना मचैल माता यात्राको मार्गमा रहेको पडार उपविभागमा भएको हो । अहिले उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

बादल फुटेको घटनापछि चिशोती गाउँमा अचानक बाढी आएको थियो, जसले धेरै घरहरूमा क्षति पुर्‍याएको बताइएको छ । जिल्ला प्रशासन र एनडीआरएफ टोलीहरू उद्धार कार्यमा जुटेको र बाढीले काठको पुल र पीएमजीएसवाई पुल दुवै क्षतिग्रस्त भएको बताइएको छ । 

 

 स्थानीय प्रशासनले उद्धार टोलीहरू घटनास्थलतर्फ प्रस्थान गरेको र आवश्यक उद्धार र चिकित्सा व्यवस्थापनको व्यवस्था गरिएको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार