भारतको जम्मू कश्मीरमा बादल फुट्दा आएको बाढीपछि १७ जनाको मृत्यु
२०८२ श्रावण २९ बिहिवार
- अहिलेसम्म १७ जनाको शव फेला परेको समाचार एजेन्सी पिटीआईले उल्लेख अग्रेको छ । त्यस्तै अहिलेसम्म ६५ जनाको उद्धार गरिएको छ ।
काठमाडौँ : भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटनामा १७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म १७ जनाको शव फेला परेको समाचार एजेन्सी पिटीआईले उल्लेख अग्रेको छ । त्यस्तै अहिलेसम्म ६५ जनाको उद्धार गरिएको छ ।
घटना मचैल माता यात्राको मार्गमा रहेको पडार उपविभागमा भएको र अहिले उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बादल फुटेको घटनापछि चिशोती गाउँमा अचानक बाढी आएको थियो, जसले धेरै घरहरूमा क्षति पुर्याएको बताइएको छ । जिल्ला प्रशासन र एनडीआरएफ टोलीहरू उद्धार कार्यमा जुटेको र बाढीले काठको पुल र पीएमजीएसवाई पुल दुवै क्षतिग्रस्त भएको बताइएको छ ।
स्थानीय प्रशासनले उद्धार टोलीहरू घटनास्थलतर्फ प्रस्थान गरेको र आवश्यक उद्धार र चिकित्सा व्यवस्थापनको व्यवस्था गरिएको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’