हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि

२०८२ श्रावण २७ मङ्गलवार
सारांश
  • आइतबार इजरायलले गाजास्थित अल–शिफा अस्पतालमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । समारोहमा उपस्थित सहकर्मी एवम सहभागिहरुले मृतकहरुको स्मरण गरे । शोक समारोह निकै मार्मिक बनेको थियो ।

एजेन्सी : इजरायलको हवाई आक्रमणमा परी अल–जजीराका पाँच जनासहित छ पत्रकार मारिएपछि सोमबार मृत शरीरको अन्त्येष्टि गरिएको छ । सोमबार गाजा शहरमा शोक समेत मनाइएको छ । 


आइतबार इजरायलले गाजास्थित अल–शिफा अस्पतालमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । समारोहमा उपस्थित सहकर्मी एवम सहभागिहरुले मृतकहरुको स्मरण गरे । शोक समारोह निकै मार्मिक बनेको थियो । 


अल जजीराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन् 


मृत्युमा शोक मनाउन मानिसहरू अल शिफा अस्पतालको आँगनमा उभिएका थिए। ‘यो अपराधले प्यालेस्टिनी पत्रकारिता विरुद्ध गरिएका अपराधहरूको लामो रेकर्डमा थप्छ। अक्टोबर ७ (२०२३)देखि, प्रेस विरुद्ध गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो नरसंहारमा २३० भन्दा बढी पत्रकार मारिएका छन् । यसअघि कुनै पनि स्थानीय वा अन्तर्राष्ट्रिय द्वन्द्वमा वा विश्वयुद्धको समयमा पनि यति ठूलो संख्यामा पत्रकारहरू मारिएका थिएनन्,’ प्यालेस्टिनी पत्रकार सिन्डिकेटका सचिव अहेद फरवानाले भने । 


‘यो अर्को ठूलो अपराध हो । यसले गाजाको आवाजलाई चर्को बनाएको, इजरायलले मारेका र विरुद्ध उक्साएका पत्रकारहरूको तस्बिर एवम आवाजले स्क्रिन भरिएको मूल्य चुकाइरहेका छौं । विश्वले अब इजरायली कब्जालाई जवाफदेही बनाउन र गाजामा नागरिक एवम पत्रकारहरूको हत्या रोक्न एक कदम अगाडि बढ्नुपर्छ,’ गाजाका अल जजीरा संवाददाता हिशाम जाकौतले भने ।

 
अल जजीरा मिडिया नेटवर्कले सोमबार गाजामा इजरायली सेनाद्वारा आफ्ना पाँच कर्मचारीको हत्याको निन्दा गरेको छ । नेटवर्कका अनुसार, इजरायली सेनाले आइतबार गाजा शहरको अल–शिफा अस्पताल अगाडि रहेको पालमा आक्रमण गरेर आफ्ना संवाददाताहरूको हत्या गरेको छ ।


अल जजीराले विज्ञप्तिमार्फत आक्रमणलाई ‘प्रेस स्वतन्त्रतामाथिको अर्को स्पष्ट र पूर्वनियोजित आक्रमण’ भनेर वर्णन गरेको छ । कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सिपिजे)का अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा भइरहेको युद्धमा परेर हालसम्म १८६ जना पत्रकार मारिएका छन् । (सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार